IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कुल व्यापार डेढ अर्ब माथि, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १७ करोड ८५ लाख रुपैयाँ नाफा घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले २२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

चालु आर्थिक वर्षको पुससम्म कम्पनीको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ७८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ११ करोड ८५ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ११ करोड ९९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ७८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९९ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ११ अर्ब ५२ करोड २० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १०४.३९ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीले १ अर्ब ५४ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १.७६ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ७४ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले ८० करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ७.१२ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा शेयरपुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १२.७२ रुपैयाँले ऋणात्मक भएको छ। अघिल्लो वर्ष ईपीएस १६.०३ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ २४१.३४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS