काठमाडौं । पियोर इनर्जीले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९२ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को पुससम्म कम्पनीले २४ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा २८३.२२ प्रतिशतले बढेको छ।
चालु वर्षको पुससम्म कम्पनीले उत्पादन बिक्रीबापत ११ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३.७७ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट १२ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी १ करोड ३० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा अन्य इक्विटी २ करोड ३ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २.३१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ०.७५ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०१.६३ रुपैयाँ रहेको छ।












