काठमाडौं । नेपालमा ९५ प्रतिशत धेरै घरपरिवारमा टेलिफोन सुविधा पुगेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको नेपाल बहुसूचक सवेक्षण २०८१।८२ प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा पुगेको छ।
सबैभन्दा धेरै बागमती प्रदेश (९७.१ प्रतिशत) र कम सुदूपश्चिम (९२.६ प्रतिशत) घरपरिवारमा टेलिफोन पहुँच पुगेको प्रतिवेदनमा उल्लेख छ।
प्रत्येक ५ मध्ये ४ अर्थात ८२ प्रतिशत घरपरिवारमा इन्टरनेट सुविधा पुगेको छ। १५–४९ वर्ष उमेर समूहका महिलामध्ये ८१.६ प्रतिशतसँग ९०.४ प्रतिशत पुरुषसँग आफ्नो मोबाइल रहेको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको छ भने प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी (९९.५ प्रतिशत) र कम कर्णाली प्रदेश (८०.८ प्रतिशत) घरपरिवारमा विद्युत सेवा पुगेको छ।












