IME Life New

शेयर बजारमा २६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज माघ २६ गते पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम पनि घटेको हो । हिजो ११ अर्ब माथिको शेयर कारोबार भएको थियो ।

Esewa
Crest

आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७७ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भउको छ । एसवाई प्यानलको ५४ करोड माथिको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ४८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । रिडी पावरका लगानीकर्ताले ९ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् । लिबर्टी इनर्जीका लगानीकर्ताले ७ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मायाखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ४० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS