IME Life New

प्राधिकरणले हटायो बीमा सेवामा हुलाक टिकट टाँस्नुपर्ने प्रचलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन हटेको छ। नेपाल बीमा प्राधिकरणले आज सबै प्रकारणका बीमा कम्पनी, ब्रोकर (दलाल) र मध्यस्थकर्ताको नाममा परिपत्र जारी गर्दै बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन र अभ्यास हटाउने व्यवस्था मिलाउन आग्रह गरेको छ।

गत मंसिर २९ गते मन्त्रिपरिषदबाट प्रचलित कानुनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको थियो।

Esewa
Crest

मन्त्रिपरिषदको सोही निर्णय कार्यान्वयन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले बीमकहरुलाई आग्रह गरेको हो।

अब बीमा प्राधिकरण तथा बीमा कम्पनीहरुबाट प्रदान हुने सेवा प्रवाहको प्रक्रियामा प्रचलित कानुनमा किटानी व्यवस्था भएकोमा बाहेक कागजातको आधिकारिकताका लागि आय टिकटका रुपमा हुलक टिकट टाँस्ने प्रचलन तथा अभ्यास हटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS