काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख ६५ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया क्यापिटलमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।












