IME Life New

श्री डिस्टिलरीले जारी गर्यो २०% हकप्रद शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री डिस्टिलरीले आफ्ना शेयरधनीका लागि २० प्रतिशत हकप्रद शेयर जारी गरेको छ।

कम्पनीको माघ २० गते सम्पन्न वार्षिक साधारणसभाले तत्काल कायम चुक्तापुँजीको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिइएको छ।

Esewa
Crest

सोही सभाको निर्णयबमोजिम कम्पनीले हाल कायम शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको हो। यो हकप्रद शेयरमा ३५ दिनभित्र कम्पनीको नाममा रकम जम्मा गरी निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र हकप्रद शेयर खरिद नगरेमा वा शेयर खरिद गर्ने हक अरुलाई हस्तान्तरण नगरेमा सञ्चालक समितिको निर्णयले नियमबमोजिम शेयर जफत गरी बिक्री गरिने र पछि यस सम्बन्धमा कुनै उजुरी दाबी गर्न नपाइने कम्पनीले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS