काठमाडौं । आज नेप्से परिसूचक २७ दशमलव १९ अंकले बढेर २,७०८ को विन्दुमा कायम भएको छ । आज २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, मोदी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिडी पावरका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।













