IME Life New

सीजी इन्टरटेनमेन्ट प्रालि औपचारिक रूपमा इमेज ग्रुप अफ कम्पनीजमा आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो प्रसारण संस्था र दीर्घकालीन विश्वासको प्रतीक बनेको इमेज च्यानल आफ्नो संस्थागत विस्तारको नयाँ चरणमा प्रवेश गरेको छ। प्रतिष्ठित औद्योगिक समूह चौधरी ग्रुपअन्तर्गतको सीजी इन्टरटेनमेन्ट प्रालि औपचारिक रूपमा इमेज ग्रुप अफ कम्पनिजमा आबद्ध भएको हो । यससँगै इमेज समूह एकीकृत र बहुआयामिक मिडिया कङग्लोमरेटको रूपमा रूपान्तरण हुने दिशामा अग्रसर भएको छ।

२०८२ सालको प्रारम्भसँगै नयाँ व्यवस्थापन संरचना, कर्पोरेट गभर्नेन्स र दीर्घकालीन रणनीतिका साथ अघि बढिरहेको इमेज ग्रुप अफ कम्पनिज आज प्रसारण, छापा, रेडियो र डिजिटल समेट्ने मल्टी प्लेटफर्म मिडिया नेटवर्कका रूपमा विस्तार हुँदै गएको छ।

Esewa
Crest

प्रतिष्ठित सञ्चार उद्यमी रामकृष्ण मानन्धरको इमेज ग्रुप अफ कम्पनिज र सञ्चार क्षेत्रमा पारिवारिक विरासत बोकेका सञ्चारकर्मी दिरेक लाल श्रेष्ठको कामना न्यूज पब्लिकेसन्स् प्रालिबीचको सहकार्यसँगै हाल नयाँ व्यवस्थापनअन्तर्गत इमेज च्यानल एचडी, नेपाल समाचारपत्र (राष्ट्रिय दैनिक), न्यूज अफ नेपाल (अनलाइन), इमेज एफएम ९७ दशमलव ९, इमेज खबर (अनलाइन), इमेज न्यूज एफएम, कामना सिने मासिक र साधना हेल्थ म्यागेजिन समावेश छन्। सीजी इन्टरटेनमेन्टको सहभागिता यस विस्तार प्रक्रियाको रणनीतिक कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।

करिब तीन दशकदेखि सञ्चार, सिनेमा तथा मनोरञ्जन क्षेत्रमा सक्रिय सीजी इन्टरटेनमेन्ट प्रालि उद्योगी, सर्जक तथा कवि वसन्त चौधरीको नेतृत्वमा चलचित्र उत्पादन, वितरण, प्रदर्शनी, डिजिटल कन्टेन्ट तथा सांस्कृतिक प्रवद्र्धनमा स्थापित नाम हो। संस्थाले उद्योगगत दक्षता, व्यावसायिक अनुशासन र अन्तर्राष्ट्रिय अनुभवलाई आत्मसात गर्दै नेपाली मनोरञ्जन क्षेत्रको व्यावसायिकीकरणमा योगदान पु¥याउँदै आएको छ।

सीजी इन्टरटेनमेन्ट र कामना न्यूज पब्लिकेसन्सको सहकार्यमा विगत डेढ दशकदेखि निरन्तर आयोजना हुँदै आएको ‘सीजी कामना फिल्म अवार्ड’ नेपाली चलचित्र उद्योगको सबैभन्दा प्रतिष्ठित र विश्वसनीय अवार्डमध्ये एकका रूपमा स्थापित छ। साथै, डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुँदै आएको सामाजिक संवादमूलक कार्यक्रम ‘मनका कुरा’ ले सार्वजनिक सरोकार, विचार नेतृत्व र सिर्जनशील संवादलाई प्रवद्र्धन गर्दै आएको छ।

सीजी इन्टरटेनमेन्टको प्रवेशसँगै इमेज ग्रुपले कन्टेन्ट उत्पादनदेखि वितरणसम्मको आधुनिक प्रसारण प्रविधि, डिजिटल विस्तार र बजार पहुँचलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ। यसअघि नै नेपालको अग्रणी प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स् प्रालि यस समूहमा आबद्ध भइसकेको छ, जसले इमेज समूहको मिडिया पोर्टफोलियोलाई थप विविध र सन्तुलित बनाएको छ।

सीजी इन्टरटेनमेन्टको सहभागितासँगै इमेज ग्रुप अफ कम्पनिजले आफूलाई केवल सञ्चार संस्था होइन, विश्वसनीय पत्रकारिता, सिर्जनशील मनोरञ्जन र डिजिटल नवप्रवर्तन समेटेको उदीयमान नेपाली मिडिया कङग्लोमरेटका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS