IME Life New

केएसबिबिएल अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको “केएसबिबिएल ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” को बाँडफाँड भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँड सम्पन्न भएको हो ।

रु.३५ करोड रकम बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि उत्साहजनक रुपमा १.९ गुणा भन्दा बढी आवेदन प्राप्त भएको छ । जसले नेपाली पूँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताहरुको उच्च विश्वास र आकर्षणलाई प्रतिविम्वित गर्दछ ।

Esewa
Crest

परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरु (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामुहिक लगानी कोष बाहेक) का लागि माघ १२ गतेदेखि माघ १५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर विभिन्न संघ संस्थाहरु मार्फत उत्साहजनक सहभागिता रहेको छ । अविमोच्य अवधि तथा वार्षिक ९% ब्याजदर (असञ्चिति) रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरुमा पहिलो पटक जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS