IME Life New

नेप्से पुनर्संरचनाः रु.३ अर्ब पूँजी पुर्याउन बोनश शेयर जारी गर्ने उपयुक्त विकल्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले गठन गरेको अध्ययन समितिले नेप्से पुनर्संरचना गर्दा रु. ३ अर्ब पूँजी पुर्याउन बोनश शेयर जारी गर्ने उपयुक्त विकल्प भएको सुझाव दिएको छ । समितिले तयारी गरी सरकारलाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

नेप्सेको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी लगानकिर्ताले अपेक्षा गरे अनुसार आधुनिक सेवा सुविधा विस्तार गर्न उल्लेख्य लगानी गर्नुपर्ने भएकाले नेप्सेको चुक्ता पूँजी समसामयिक रुपले वृद्धि गर्न आवश्यक रहेको छ । यसका लागि बोनश शेयर, हकप्रद शेयर र थप नयाँ शेयर जारी गर्ने विकल्पहरुमध्ये हाललाई बोनश शेयर जारी गरी धितोपत्र बजार संचालन नियमावली २०६४ मा तोकिएबमोजिम रु. ३ अर्ब पूँजी पुर्याउन सकिने अध्ययन समितिले जनाएको छ ।

Esewa
Crest

नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गत पुस २८ गते पाँच सदस्यीय अध्ययन समितिले प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएको हो। समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला तथा सदस्यहरुमा नेप्सेका प्रवक्ता मुराहरि पराजुली, नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरे, नेपाल धितोपत्र बोर्डका नायब कार्यकारी निर्देशक रुपेश केसी र विज्ञ सदस्यमा धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी थिए ।

हाल नेप्सेको चुक्तापुँजी १ अर्ब रुपैयाँबराबरको रहेको छ। हाल नेप्सेको सबैभन्दा ठूलो शेयरधनीका रुपमा सरकार आफैँ रहेको छ। नेप्सेमा सरकारको ५८ लाख ६६ हजार २४५ कित्ता ९५८.६६ प्रतिशत० शेयर स्वामित्व रहेको छ।

यसैगरी दोस्रो ठूलो शेयरधनीका रुपमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यो बैंकको नेप्सेमा ११ लाख २२ हजार ९७४ कित्ता ९११.२३ प्रतिशत० शेयर स्वामित्व रहेको छ। तेस्रोमा कर्मचारी सञ्चय कोषको १० लाख कित्ता ९१० प्रतिशत० शेयर स्वामित्व रहेको छ।

त्यस्तै नेपाल राष्ट्र बैंकको ९ लाख ५० हजार ६३७ कित्ता ९९.५१ प्रतिशत, प्रभु बैंकको ५ लाख कित्ता ९५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत कित्ता ९५ प्रतिशत र अन्य समूहको ६० हजार १४४ कित्ता ९०.६० प्रतिशत शेयर स्वामित्व रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS