काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। होटल तथा पर्यटन समूह सर्वाधिक १.७९ प्रतिशतले बढ्दा वित्त समूहमा सर्वाधिक १.०९ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन बजारमा ६६ कम्पनीको शेयरभाउ बढेको छ भने १९० वटाको घटेको छ। तीनवटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ८ अर्ब ६३ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ।

आज कालिञ्चोक दर्शनका शेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ।

यो दिन सान्भी इनर्जी र पियर इनर्जीका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यी कम्पनीको शेयरभाउ साढे ५ प्रतिशत बढीले घटेको छ।













