काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३७ सय रुपैयाँले बढेको हो ।
यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले बढेर तोलामा ५३ सय ३५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५२ सय रुपैयाँमा कारोबार भएको थियो।












