IME Life New

शिखर पावरको आइपीओ भर्ने म्याद लम्बियो, अब कहिलेसम्म ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आयोजना प्रभावित क्षेत्रका स्थानीयले शिखर पावर डेभलपमेन्टको आइपीओ भर्ने म्याद लम्बिएको छ।

आयोजना प्रभावित स्थानीयका लागि शिखर पावरको आइपीओ निष्कासन बन्द छिटोमा माघ २० गते भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब स्थानीयले फागुन ८ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। सो अवधिभन्दा अगावै पर्याप्त आवेदन परेको खण्डमा जुनसुकै समयमा पनि आइपीओ निष्कासन बन्द गरिने धितोपत्र बिक्री प्रबन्धक बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

Esewa
Crest

पहिलो चरणमा कम्पनीले गत माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यो आइपीओको निष्कासन बन्द गत माघ ९ गतेबाट गरिएको थियो।

कम्पनीले कुल कित्तामध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बागलुङको बडिगाड गाउँपालिकाको वडा नं १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका बडा नं २, ३, ४ र ५ का बासिन्दाका लागि जारी गरेको छ। स्थानीयले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमई बैंकका शाखा नक्साल, बुर्तिवाङ र बाग्लुङ बजार, प्रभु बैंकको शाखा ग्वालीचौर, गरिमा विकास बैंकको शाखा बुर्तिवाङ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शाखा बुर्तिवाङबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS