IME Life New

रिलायन्स स्पिनिङ मिल्सको शेयर लिस्टिङमा किन भइरहेको छ ढिलाइ ? यसो भन्छ नेप्से

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वित्तीय अवस्थालाई लिएर विवादमा परेको रिलायन्स स्पिनिङ मिल्सको साधारण शेयर नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकरण ९लिस्टिङ०मा ढिलाइ भइरहेको छ।

रिलायन्स स्पिनिङले सर्वसाधारण जारी गरेको आइपीओ गत पुस १८ गते बाँडफाँट भएको थियो। आइपीओ बाँडफाँट भएको आज एक महिना भइसक्दा यो कम्पनीको शेयर नेप्सेमा सूचीकरण भएको छ।

Esewa
Crest

रिलायन्स स्पिनिङले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गरेको थियो। तर, कम्पनीको वित्तीय अवस्थालाई लिएर विभिन्न निकायमा उजुरीदेखि अदालतमा मुद्दासमेत परेको थियो। अझै पनि विभिन्न निकायले ती उजुरीका विषयमा छानबिन गरिरहेको छ।

अर्थ मन्त्रालयको निर्देशनपछि गत पुस ४ गते नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गर्ने सम्बन्धमा भएका कामकारबाहीको निष्पक्ष छानबिन गर्न कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। यो समिति १५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्नुपर्न कार्यादेश दिइएको थियो। तर, प्रतिवेदन तयार भयो कि भएन वा के भइरहेको छ भन्ने विषयमा धितोपत्र बोर्डका अधिकारीहरु चुपचाप बसेको देखिन्छ।

धितोपत्र बोर्डले वित्तीय स्थितिलाई लिएर विवादित रिलायन्स स्पिनिङलाई दुई वर्षअघिको वित्तीय विवरणका आधारमा आइपीओ अनुमति दिएको आरोप लागेको छ। यो कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेपछि गत पुस ७ गतेबाट सर्वसाधारणलाई प्रतिकित्ता ८२०।८० रुपैयाँ साधारण शेयर बिक्री खुला गरेको थियो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले रिलायन्स स्पिनिङको शेयर सूचीकरणका लागि निवेदन परिसकेको बताए। ‘कुनै पनि कम्पनीले शेयर सूचीकरणका लागि नेप्सेमा निवेदन दिएको १ महिनाभित्र लिस्टिङ गर्नुपर्छ’, उनले भने, ‘यो अवधिभित्र नेप्सेले सूचीकरणका लागि आएको कम्पनीको वित्तीय अवस्थाबारे अध्ययन गर्छ। त्यसैले नेप्सेले अध्ययन गरिरहेको छ। अध्ययनपछि लिस्टिङको प्रक्रिया अगाडि बढ्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS