काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। आज जलविद्युत समूह सर्वाधिक ०.३८ प्रतिशतले बढ्दा विकास बैंक समूहमा सर्वाधिक २.२२ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन ८५ कम्पनीको शेयरभाउ बढ्दा १७० कम्पनीको घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज साढे १४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको ५९ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः ५९ करोड ९९ लाख रुपैयाँ
- एसवाई प्यानलः ५२ करोड २९ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः ४६ करोड ६४ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः ४४ करोड ६२ लाख रुपैयाँ
- राधी विद्युतः ४३ करोड ३० लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ३९ करोड ४७ लाख रुपैयाँ
- शिवश्री हाइड्रोपावरः ३८ करोड १ लाख रुपैयाँ
- हिमाल दोलखा हाइड्रोपावरः ३१ करोड ७ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः २८ करोड ४१ लाख रुपैयाँ
- बलेफी हाइड्रोपावरः २५ करोड ८५ लाख रुपैयाँ












