IME Life New

ह्वाट्सएप ह्याक हुन सक्ने खतराले सताइरहेको छ ? अब तनावमुक्त हुन यो बटन अन गर्नुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले एउटा प्रमुख घोषणा गरेको छ। जसले प्रयोगकर्तालाई स्ट्रिक्ट अकाउन्ट सेटिङहरुका लागि नयाँ अप्सन दिएको छ।

यो नयाँ फिचरले ह्याकर र साइबर अपराधीहरुबाट जोगाउन मद्दत गर्नेछ। केवल एक क्लिकमा धेरै प्रतिबन्ध लागू गर्न सकिन्छ। यो अपडेट आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि उपलब्ध छ।

Esewa
Crest

ह्वाट्सएपको स्ट्रिक्ट अकाउन्ट सेटिङ मोड प्रयोगकर्तालाई ह्वाट्सएप सुरक्षित राख्न मद्दत गर्न डिजाइन गरिएको एउटा नयाँ अप्सनल सेक्युरिटी मोड रहेको छ। ह्वाट्सएपका अपकमिङ फिचर ट्रयाक गर्ने वेबसाइट डब्ल्यूएबिटाइन्फोले यो फिचरबारे जानकारी गराएको हो।

स्ट्रिक्ट अकाउन्ट सेटिङ मोड इनेबल गर्नाले ह्वाट्सएपमा धेरै प्रतिबन्ध गोपनीयता नियन्त्रण स्वचालित रुपमा सक्रिय हुन्छन्। मिडिया फाइल, ओटीपी र माइक्रोफोनहरुमा एक्सेस बन्द हुन्छ। यसका लागि छुट्टाछुट्टै सेटिङ खोल्न आवश्यक पर्दैन।

यो पछिल्लो ह्वाट्सएप फिचर अन गर्न सेटिंग्समा जानुपर्छ। त्यसपछि प्राइभेसी र एड्भान्समा गएर प्रयोगकर्ताले स्ट्रिक्ट अकाउन्ट सेटिंग्स अन गर्नुपर्छ। यो फिरच प्राइमरी डिभाइसबाट मात्र अन गर्न सकिन्छ। डेस्कटप वेब र एप प्रयोग गर्नुपर्दैन। सबै प्रयोगकर्ताले चाँडै नै यो फिचर प्राप्त गर्नेछन्।

धेरै प्रयोगकर्ताले बारम्बार साइबर आक्रमण र साइबर अपराधीहरुको सामना गरिरहेकाले यो फिचरको माग लामो समयदेखि रहेको छ। प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप र डिभाइस सुरक्षित राख्न यो सेटिङ प्रयोग गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS