काठमाडौं । आज नेप्से परिसूचक ५ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ । आज १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मिथिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ५१ प्रतिशतका दरले कमाएका हुन् । पिपुल्स पावरका लगानीकर्ताले ९ दशलमव २२ प्रतिशतका दरले कमाएका छन् ।













