IME Life New

रेमिटान्स क्षेत्रमा आक्रामक बन्दै ज्योति बिकाश बैंक, सुरु गर्यो: ‘ज्योति रेमिट’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: राष्ट्रिय स्तरको बिकाश बैंक ज्योति बिकाश बैंकले आफ्ना ग्राहकहरु लाई नयाँ नयाँ सेवा सुबिधा पस्किने क्रममा ‘ज्योति रेमिट’ सेवा सुरु गरेको छ । हालको लागि ज्योति रेमिटले आफ्नो सेवा डोमेस्टिक मार्केट (नेपाल भित्र) मात्र दिने छ, भने निकट भबिष्यमा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने योजना कम्पनीले बनाएको छ, कम्पनीले सर्वसुलभ रुपमा सेवा प्रदान गर्नको लागि आफ्ना अन्य प्रतिस्पर्धीको भन्दा सस्तो दरमा रेमिटान्स सुबिधा दिने गृहकार्य गरेको छ  ।

‘एक गाउँ एक बैक-एक व्यक्ति एक बैंक खाता’ को अबधारणालाई चरितार्थ गर्दै रेमिटबाट मुलुक भित्रिने रकमलाई बचत र उत्पादनमुलक क्षेत्रमा परिचालन गर्ने सोचमा कम्पनी अगाडी बढेको छ ।

Esewa
Crest

हाल सम्म कम्पनीले गरिमा बिकाश बैंक र मुक्तिनाथ बिकाश बैकसँग रेमिटान्समा अदान-प्रदानको लागि सम्झौता गरिसकेको जनाएको छ भने निकट भबिष्यमा अन्य बाणिज्य बैंक र बिकाश बैंकको साथै राष्ट्रिय स्तरका लघुवित्त संस्था सग पनि सहकार्य गर्ने योजना रहेको जानकारी बैंक श्रोतले दिएको छ ।
ज्योति विकास बैंक लिमिटेडले स्थापनाको एक दशकको अवधिमा निजी क्षेत्रका विकास बैंकहरुको बिचमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ। ज्योति विकास बैंकले निकट भविष्यमा नै थप ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने लक्ष्य लिएको छ ।

ज्योति विकास बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सीआस्वा तथा एबीबीएस सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी ग्राहकबाट रु. १५ अर्ब ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणिमार्फत रु. १३ अर्ब ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्ब ५९ करोड कायम रहेको छ ।

बैंकले रेमिट सेवा संगै आगामी दिनमा आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS