काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो ।
यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४३० रुपैयाँले बढेर तोलामा ७ हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।












