काठमाडौं । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अंकले घटेर २,७२६ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ५६ प्रतिशतका दरले कमाएका हुन् । दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले ८ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् । माया खोलाका लगानीकर्ताले ८ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् ।













