काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अंकले घटेर २,७२६ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ५७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ५१ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ५६ प्रतिशतका दरले कमाएका हुन् । दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले ८ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् । माया खोलाका लगानीकर्ताले ८ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।












