IME Life New

स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर ११ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीका लागि निवेदन पेस गरेअनुसार लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेर शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल स्वरोजगार लघुवित्तका संस्थापक शेयरधनीहरुले मात्रै शेयरमा आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

उक्त शेयरमा सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवश्यक सहित लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा–५ को प्रशासन विभागमा लिखित निवेदन दिनु पर्नेछ।

लघुवित्तले तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS