IME Life New

क्यूआर भुक्तानीमा ठगी, सचेत भई कारोबार गर्न राष्ट्र बैंकको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यूआर भुक्तानीमा ठगीका घटना बढ्न थालेपछि सचेत भई कारोबार गर्न सुझाव दिएको छ।

बैंकले आज वित्तीय सचेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। ‘विद्युतीय माध्यमबाट भुक्तानी कारोबार बढ्दै गएसँगै क्यूआर भुक्तानीमा पनि ठगीका केही घटनाहरु भएका छन्’, सूचनामा भनिएको छ, ‘बिक्रेताले ग्राहकले देखाएको स्क्रिनसटमा मात्र भर परेर कारोबार गर्दा ठगीमा पर्न सक्ने जोखिम रहन्छ। किनकि सो स्क्रिनसट पुरानो भुक्तानीको रसिद वा नक्कली पनि हुन सक्छ।’

Esewa
Crest

यस्तो जोखिमबाट बच्नका लागि ग्राहकले भुक्तानी गरेको सूचना दिएपछि वा भुक्तानी स्क्रिनसट देखाएपछि स्क्रिनसटमा उल्लेखित मिति, समय, रकम र तोकिएको खातामा रकम जम्मा भएको अन्य विवरण रुजु गर्ने वा सम्बन्धित बिक्रेता वा सेवा प्रदायकले आफ्नो मोबाइल बैंकिङ एप, मोबाइल बैंकिङ सेवा वा एसएमएस तथा नोटिफिकेसन जाँच गरी वास्तवमै रकम जम्मा भयो कि भएन भनेर यकिन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

भुक्तानी प्राप्त भएको सम्बन्धमा सुनिश्चित नगर्दा पछि ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ। ‘त्यसैले विद्युतीय माध्यमबाट भुक्तानी लिँदा रकम प्राप्त भएको यकिन गरेरमात्र कारोबार गरौँ’, राष्ट्र बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS