IME Life New

सपोर्ट लघुवित्तको नाफा दोब्बरले वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १०४.८३ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा लघुवित्तले ८ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दान गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ७३.२० प्रतिशत बढेको हो ।

Esewa
Crest

अन्य सञ्चालन मुनाफा ११.९० प्रतिशत बढेको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत र सञ्चालन मुनाफा ७३.८३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १६ लाख ६५ हजार रुपैयाँ रहेको छ।

१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित छ। ४ करोड ४० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ७१ रुपैयाँ ९२ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा बढेर ५१ रुपैयाँ ८७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ १ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS