काठमाडौं । आज नेप्से परिसूचक ३ दशमलव ०७ अंकले घटेर २,७६९ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।













