काठमाडौं । क्रिप्टोकरेन्सीको संसार एकदमै जादुमय छ। यहाँ एकैछिनमा को राजा बन्छ र को कंगाल भन्न असम्भव छ।
विश्वका धेरै प्रमुख क्रिप्टोकरेन्सी विगत २४ घन्टामा घटे पनि एउटाले लगानीकर्तालाई करोडपति बनाएको छ। यसको नाम हटकीस्वाप हो। विगत २४ घन्टामा यो क्रिप्टो करेन्सको भाउ २४ हजार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। आइतबार बिहान ११ः३० बजे यो क्रिप्टोकरेन्सी १ डलरभन्दा कममा कारोबार भइरहेको थियो।
हटकीस्वापको मूल्य २४ घन्टाअघि मात्र ०.००१७२४ डलर (लगभग २५ पैसा) थियो। विगत २४ घन्टामा, यो यति बढेको छ कि यो ०.४२५३ डलर (लगभग ६३ रुपैयाँ) पुगेको छ। यसको अर्थ लगानीकर्ताले पछिल्लो २४ घन्टामा २४ हजार ५०० प्रतिशतभन्दा बढी रिटर्न पाएका छन्।
यदि कुनै लगानीकर्ताले २४ घन्टाअघि यसमा १ लाख रुपैयाँ लगानी गरेका थिए भने अब त्यो बढेर लगभग २ करोड ४५ करोड रुपैयाँभन्दा बढी भएको छ।
गत २४ घन्टामा क्रिप्टो बजार पुँजीकरणमा भने ठूलो गिरावट आएको छ। यो लगभग १ प्रतिशतले घटेर लगभग ३ ट्रिलियन डलरमा झरको छ। –एजेन्सी












