IME Life New

नेपाल एसबिआई बैंकद्वारा समाज कल्याण केन्द्र बृद्धाश्रमलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं, पशुपति स्थित, समाज कल्याण केन्द्र बृद्धाश्रम का ६४ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा, ब्ल्याङकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।

यस किसिमको पहलबाट बैंकले आश्रमका बृद्धबृद्धाहरुको तत्काल आवश्यकताहरू पुरा गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले समाज कल्याण केन्द्र बृद्धाश्रम, पशुपतिकी प्रमुख, शशी पौडेललाई औपचारिक रुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

Esewa
Crest

सो कार्यक्रममा पशुपति बिकास कोषका सदस्य सचिब, प्रकाश मणि शर्मा भूषाल, पशुपति बिकास कोषका कोषाध्यक्ष, श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रबिण मुनि बज्राचार्य र बंैक तथा संस्थाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ । बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS