काठमाडौं । नीलो समुन्द्र, सेतो बालुवा र चारैतिर प्राकृतिक सौन्दर्य। सबैको सपना अन्डमान र निकोबार टापुको भ्रमण गर्ने हो। तर, के तपाइँलाई थाहा छ अन्डमान टापुको यो सुन्दरताको बीचमा एउटा यस्तो ठाउँ छ जहाँ नजिक पुग्ने प्रयास गर्दा पनि वा भित्र पाइला राख्दा जेल पर्न सकिन्छ ? हामी उत्तरी सेन्टिनेल टापुका बारेमा कुरा गर्दैछौँ। यो भारतको निषेधित क्षेत्र हो जहाँ प्रवेश गर्ने सोचले पनि तपाइँलाई भारी जरिवाना र कानुनी समस्यामा पार्न सक्छ।
त्यसो भए यो टापुलाई किन संसारको सबैभन्दा खतरनाक ठाउँमध्ये एक मानिन्छ र किन पर्यटक प्रवेश पूर्ण रुपमा प्रतिबन्धित छ भनेर पत्ता लगाऔँ।
साहसिक कार्यमा संलग्नहरुका लागि यो टापुको सुन्दरता टाढाबाट हेर्नका लागिमात्र नभएर जान्न महत्वपूर्ण छ। भारत सरकारले ‘अन्डमान र निकोबार (आदिवासी जनजातिहरको संरक्षण) नियम, १९५६’ अन्तर्गत यो सम्पूर्ण क्षेत्रलाई सिल गरेको छ। नियमहरु यति कडा छन् कि टापुको वरिपरि ९ किलोमिटरको दायराभित्र घुम्न पनि कडा निषेध गरिएको छ।
यो सुरक्षा परिधि भारतीय नौसेना र तटरक्षक बलद्वारा निगरानी गरिन्छ। जसले चौबीसै घन्टा निगरानी राख्छ। साहसिक कार्यका लागि वा गल्तीले यो सीमा पार गर्ने प्रयास गर्ने जो कोहीलाई तुरुन्तै पक्राउ गरिन्छ। अनधिकृत प्रवेशले तपाइँको जीवनलाई जोखिममा पार्नुका साथै भारी जरिवाना र कडा कानुनी कारबाहीको सामना गर्नुपर्छ।
तीरहरुको वर्षा र जीवनलाई खतरा
यस टापुमा भ्रमण गर्न प्रतिबन्ध कानुनी कारणले मात्र नभएर व्यक्तिगत सुरक्षाका लागि पनि हो। उत्तरी सेन्टिनेल टापु सेन्टिनेली जनजातिको घर हो। जो हजारौँ वर्षदेखि बाहिरी संसारबाट पूर्ण रुपमा अलग्गिएका छन्। यी मानिसलाई कुनै पनि बाह्य हस्तक्षेप मन पर्दैन। इतिहासले साक्षी दिन्छ कि जब कोही यस टापुमा पाइला राख्ने प्रयास गर्छ तब ती आदिवासीले तीर र भालाले घातक आक्रमण गरेका छन्। त्यहाँ जानु मृत्युलाई निम्तो दिनुजस्तै हो।
यो प्रतिबन्ध किन आवश्यक छ?
यो प्रतिबन्ध तपाइँको जीवन बचाउनका लागि मात्र नभएर ती जनजातिको अस्तित्व जोगाउनको लागि पनि हो। सेन्टिनेली जनजातिमा आधुनिक रोगहर (जस्तै चिसो वा ज्वरो) प्रति प्रतिरोधात्मक क्षमताको कमी छ। सानो मानव रोगले पनि सम्पूर्ण जनजातिलाई मेटाउन सक्छ। त्यसकारण भारत सरकारले ती मानिसलाई जोगाउन टापुलाई घेराबन्दी गरेर राख्छ। – एजेन्सी












