IME Life New

पाल्पा सिमेन्टको आइपीओमा स्थानीयले आवेदन दिने म्याद लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आइपीओमा उद्योग प्रभावित स्थानीयले आवेदन दिन म्याद लम्बिएको छ।

पहिलो चरणमा कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा अब आयोजना प्रभावित यही माघ ११ गतेसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारमा रहेका नेपालका लागि गत पुस ३० गतेसम्म आइपीओ बिक्री खुला गरिएको थियो।

Esewa
Crest

कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीयलाई जारी पुँजीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेको छ।

स्थानीयले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार तथा गैँडाकोट शाखा र प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी तथा बेलतारी शाखा र सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन्। यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

पाल्पा सिमेन्टको आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS