काठमाडौं । दक्षिण कोरियाको वित्तीय नियामकले बीमा कम्पनीहरुले सन् २०२७ देखि कोरियाली बीमा पुँजी मानक (के–आईसीएस) अन्तर्गत ‘कोर क्यापिटल’का लागि नयाँ न्यूनतम अनुपातको साथ उच्च पुँजी गुणस्तर मापदण्डहरु पूरा गर्नुपर्नेछ।
कोरियाको वित्तीय सेवा आयोग (एफएससी)ले जनवरी १३ मा यस्तो गरेको हो। एफएससीले भनेको छ, ‘कोर क्यापिटल र आवश्यक पुँजीबीचको अनुपात ५० प्रतिशत वा सोभन्दा बढीमा सेट गरिनेछ।’
कोरियाको योनहाप समाचार एजेन्सीमा प्रकाशित खबरअनुसार कोर क्यापिटलमा भुक्तानी गरिएको पुँजी र कायम राखिएको आम्दानी समावेश गरिनेछ र नियमले बजार उतारचढाव वा वित्तीय तनावबाट हुने नोक्सानलाई सोस्न बीमा कम्पनीहरुसँग पर्याप्त उच्च–गुणस्तरको पुँजी छ भनी सुनिश्चित गर्ने लक्ष्य राखेको छ। नियामकले भन्यो, ‘यो कदमले बीमा कम्पनीहरुको कोष लागत बढाउनेछ। किनकि इक्विटी पुँजी सामान्यतया अधीनस्थ ऋणजस्ता अन्य स्रोतहरु भन्दा महँगो हुन्छ।’
कोर क्यापिटल अनुपात ५० प्रतिशतभन्दा कम हुने बीमा कम्पनीहरु सुधार उपायहरुको अधीनमा हुनेछन्। यद्यपि एफएससीले ग्रेस अवधि दिइने जनाएको छ।












