IME Life New

नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नु अगावै सूचना आदान-प्रदान गर्ने समझदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वस्तुको आगमन पूर्वसूचना आदान प्रदान गर्दै जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण गर्न प्रमुख व्यापारिक साझेदार मुलुकहरुका बीच निकासी गरिने वस्तुको अग्रीमरुपमा तथ्यांक आदान–प्रदान गर्ने अन्तराष्ट्रिय अभ्यास रहँदै आएको छ।

नेपालको प्रमुख व्यापारिक साझेदार मुलुक भारतसँग निकासी गर्ने वस्तुको तथ्यांक अग्रिम रुपमा आदान–प्रदान गर्ने व्यवस्था गर्न भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड र भन्सार विभागको सहकार्यमा तयार गरिएको समझदारीपत्रको मस्यौदाउपर सबै सरोकारवालाहरुसँग छलफल गरी समझदारीपत्रलाई अन्तिम रुप प्रदान गरिएको थियो । सोहीसमझदारीपत्र नेपाल सरकार (मन्त्रिपरिषद) ले स्वीकृत गरी भन्सार विभागका महानिर्देशकलाई हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको थियो।

Esewa
Crest

समझदारीपत्रमा जोखिम विश्लेषणमार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सारको प्रकृयामा लाग्ने समय कम गर्दै सुरक्षित अन्तराष्ट्रिय व्यापारलाई सुनिश्चित गर्ने, राष्ट्रिय कानुनले तोकेको सीमाभित्र रही विद्युतीय माध्यमबाट निकासी तथ्यांक आदानप्रदान गर्ने, सूचनाको उपयोग समझदारीपत्र अनुकूलमात्र गर्ने, समझदारीपत्रको कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने, दुवै पक्षबीच समझदारी भएका तोकिएका वस्तमा नमुनाका रुपमा कार्यान्वयन गरी तत्पश्चात् सबै वस्तुहरुमा लागू गर्ने, समझदारीपत्रमा उल्लेखित विषयको कार्यान्वयनमा विवाद भएमा आपसी सहमतिमा कुटनीतिक माध्यमबाट समाधान गर्ने तथा आपसी समझदारीमा समझदारीपत्रमा संशोधनसमेत गर्न सकिने प्रावधान रहेका छन्।

सहमति गरिएको समझदारीपत्रमा आज भारतको नयाँदिल्लीमा आयोजित औपचारिक कार्यक्रममा नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका छन्। उक्त अवसरमा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम आयोजना गरेकोमा भन्सार विभागका महानिर्देशकले भारतीय पक्षलाई धन्यवाद ज्ञापन गरी सहमझदारीपत्रलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजान जोड दिँदै यसले दुवै देशको भन्सार प्रशासन बीचको सम्बन्धलाई थप मजवुत बनाउन सहयोग पुग्ने तथा निकासी हुने वस्तुको आगमन पूर्वतथ्यांक आदान–प्रदानबाट जोखिम विश्लेषण मार्फत् जोखिम देखिएका वस्तुलाई निगरानी तथा नियमन गर्न र सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गरी भन्सार जाँचपासलाई छिटो छरितो र सहज बनाउन सहयोग पुग्ने बताए।

त्यसैगरी अध्यक्ष चतुर्वेदीले भारतले नेपालसँग यस्तो समझदारीपत्रमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गर्दै उक्त समझदारीपत्रको शीघ्र कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशकसहित चारजना अधिकारीको उपस्थिति थियो भने भारतका तर्फबाट अध्यक्ष चतुर्वेदी तथा अन्य सदस्यसहितको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS