काठमाडौं । हिजो भारी अंकले बढेर नेप्से आज ९ दशमलव ४३ अंकले घटेर २,७०५ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ५ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् ।













