IME Life New

EDF Jamboree Nepal द्वारा ‘Multi-Destination Admission Day 2026’को घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । EDF Jamboree Nepal ले ‘Multi-Destination Admission Day 2026’ आयोजना गर्ने घोषणा गरेको छ । उक्त कार्यक्रम सन् २०२६ को फेब्रुअरी महिनामा सोमबार, बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौँको पुतलीसडकस्थित न्यू प्लाजामा रहेको सिम्खडा प्लाजाको छैटौँ तलामा सञ्चालन हुनेछ ।

यो बहुप्रतिक्षित अन्तर्राष्ट्रिय शैक्षिक मेलामा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, युनाइटेड किङ्डम, क्यानडा तथा युरोपका प्रतिष्ठित विश्वविद्यालयहरूका आधिकारिक प्रतिनिधिहरू एउटै छानामुनि सहभागी हुनेछन् । कार्यक्रममा विदेश अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूले एकै स्थानमा विभिन्न देशका शैक्षिक अवसरबारे विस्तृत जानकारी लिन सक्नेछन् ।

Esewa
Crest

विद्यार्थी, अभिभावक, काउन्सेलर तथा शैक्षिक पेशेवरहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूले विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति, भिसा प्रक्रिया तथा पोस्ट–स्टडी वर्क अवसरसम्बन्धी स्पष्ट जानकारी प्राप्त गर्न सक्नेछन् ।

‘Multi-Destination Admission Day 2026’ ले विद्यार्थीहरूलाई विभिन्न देशका शैक्षिक मेलामा छुट्टाछुट्टै धाउनुपर्ने झन्झटबाट मुक्त गर्दै एकै दिनमा विभिन्न विश्वविद्यालयको तुलना गर्न, अध्ययन खर्च बुझ्न तथा भविष्यका करियर सम्भावनाबारे निर्णय लिन सहज बनाउने आयोजकले जनाएको छ ।

कार्यक्रमको मुख्य उद्देश्यलाई झल्काउने नारा “Everything Starts Here” ले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शैक्षिक यात्राको सुरुवात यहीँबाट हुने सन्देश दिने विश्वास आयोजकको छ ।

कार्यक्रमका प्रमुख विशेषताहरूमा तत्काल कन्डिसनल अफर तथा आवेदन शुल्क छुट (Fee Waiver), विश्वविद्यालय प्रतिनिधिबाट प्रत्यक्ष भिसा तथा एडमिसनसम्बन्धी स्पष्टता, One-on-One काउन्सेलिङ सत्र, देश तुलना तथा करियर गाइडेन्स सेसन, साथै छात्रवृत्ति, शिक्षा कर्जा तथा पोस्ट–स्टडी वर्क परमिटसम्बन्धी जानकारी समावेश छन् ।

EDF Jamboree Nepal ले १५ वर्षभन्दा बढीको अनुभवका साथ हालसम्म ५ हजारभन्दा बढी विद्यार्थीहरूलाई विश्वका विभिन्न विश्वविद्यालयहरूमा सफलतापूर्वक अध्ययनका लागि पठाइसकेको जनाएको छ । साथै, एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको साझेदारीमार्फत EDF ले आफूलाई नेपालको विश्वासिलो शैक्षिक परामर्श संस्थाका रूपमा स्थापित गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS