IME Life New

निर्वाचनमा उत्साहजनक मनोनयनका लागि प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्तामा उत्साहजनक सहभागिताका लागि राजनीतिक दल तथा उम्मेदवाहरूमा हार्दिक आभार व्यक्त गरेकी छिन् ।

उनले बुधबार साँझ सार्वजनिक सन्देश जारी गर्दै भनेकी छिन्, निर्धारित समयतालिकाभित्र उत्साहजनक रुपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा म हार्दिक आभार व्यक्त गर्दछु। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरुलाई पुनः स्मरण गराउँछु।

Esewa
Crest

उनले चुनावको क्रममा सुरक्षा व्यवस्थामा कुनै पनि सम्झौता नगरिने भन्दै शान्ति सुव्यवस्था सम्बन्धमा सबै पक्षलाइ अाश्वस्त पार्न खोजेकी छिन् । प्रधानमन्त्री कार्कीले सबै सुरक्षा संयन्त्रहरु उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको जानकारी दिएकी छिन्।

मंगलबार भएको मनोनयन दर्तामा १६५ पदका लागि ३,४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । उनले भनिन्, उत्साहजनक मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण हो। नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको छ। निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको छ।

प्रधानमन्त्री कार्कीले अब देशबाट अन्याैल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भए र सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ। निर्वाचन कार्यतालिका बमोजिम अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा निर्वाचन आयोगलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु।

यो लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गरेकी छिन् । दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस निर्वाचनमा सक्रिय र संयमसाथ सहभागी हुन अपिल गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS