काठमाडौं । आज नेप्से परिसूचक ४२ दशमलव २६ अंकले बढेर २,७१४ को विन्दुमा कायम भएको छ । आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ८ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले पनि ७ प्रतिशतका दरले कमाएका हुन् ।













