काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २७ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ५ हजार ८८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ८१० रुपैयाँमा चाँदी कारोबार भएको थियो।












