IME Life New

विजय लघुवित्तको एफपीओ बाँडफाँट, भाग्यमानी ७ आवदेकलाई ११ कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ आज पुस ६ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान विजय लघुवित्तको एफपीओ बाँडफाँट गरिएको हो। यो लघुवित्तको एफपीओ गत पुस २१ गतेदेखि पुस २४ गतेसम्म बिक्री खुला गरिएको थियो।

Esewa
Crest

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ कोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्तापुँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो। सोही अनुपात समायोजन लघुवित्तले १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्कासन गरेको हो।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार कुल २१ लाख ९९ हजार २६ आवेदकबाट २ करोड ५० लाख ४१ हजार कित्ता शेयर माग भएको छ। जसमा २१ लाख ९६ हजार ३४ आवेदकबाट माग भएको २ करोड ५० लाख ५८० कित्ता शेयर सदर भएको थियो भने २ हजार ९९२ आवेदकबाट माग भएको ४० हजार ४२० शेयर बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ४६ हजार ६८१ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये ७ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। यस हिसाबले २१ लाख ४९ हजार ३५३ सदर आवेदकको हात खाली भएको छ।

यो एफपीओको नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np का साथै धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटमा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS