IME Life New

कर्जाको दुरुपयोग गरेमा बैंकिङ कसुर मुद्दामा कैद सजायसम्म हुन सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जाको दुरुपयोग गरेमा बैंकिङ कसुर मुद्दामा कैद सजायसम्म हुन सक्ने व्यवस्था रहेको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज सचेतनामूलक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। ‘कर्जाको दुरुपयोग बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसुर भएको मानिन्छ’, राष्ट्र बैंकले भनेको छ, ‘यदि कसैले यस्तो कार्य गरेमा उक्त ऐनको दफा १५ को उपदफा २ मा भएको व्यवस्थाअनुसार बिगो भराई बिगोबमोजिमको जरिवाना तथा कसुरको मात्राअनुसार कैद सजायसमेत हुन सक्छ।’

Esewa
Crest

कर्जा लिने व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो, सोही प्रयोजनमा मात्र कर्जाको प्रयो गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। तोकिएको प्रयोजनमा नलगाई अन्य प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्न नहुने केन्द्रीय बैंकको भनाइ छ।

आफू लिएको कर्जाको सदुपयोग गरी बैंकिङ कसुरबाट बच्न राष्ट्र बैंकले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS