काठमाडौं प्रभु स्टिल्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनीको ४३ लाख १७ हजार बढी कित्ता अवितरित हकप्रद शेयर आज माघ ६ गतेबाट बिक्रीमा राखिएको छ।
कम्पनीको ४३ लाख १७ हजार ५० कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयर कम्पनीले आफ्ना संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको हाल कायम चुक्तापुँजीको १ः१.३४ अनुपातमा जारी गरेको हकप्रद शेयरको बिक्री नभएको अंश हो।
यो शेयरमा इच्छुक जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन दिन न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५ रुपैयाँ निर्धारण गरिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र यही माघ २० गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।












