IME Life New

बुटवलमा सीजी डिजिटलको २८औं शोरुम सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी मल्टि ब्रान्ड इलेक्ट्रोनिक्स रिटेल चेन सीजी डिजिटलले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आज रुपन्देहीको बुटवलस्थित आदर्शनगर (ट्राफिक चोक, पाल्पा रोड) मा आफ्नो २८औं अत्याधुनिक शोरुमको भव्य समुद्घाटन गरेको छ। सोनाम लोसारको शुभ अवसर पारेर सञ्चालनमा ल्याइएको यस शोरुमको समुद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र विशिष्ट अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, उद्योग ब्यापार संघ अध्यक्ष लोकनाथ पन्थी तथा कम्पनिका महाप्रबन्धक बसन्त पालले संयुक्त रूपमा रिबन काटी शोरुमको उद्घाटन गरे ।

Esewa
Crest

विश्वविख्यात ब्राण्डहरूको संगम
यस नयाँ शोरुममा ग्राहकहरूले विश्वस्तरीय र भरपर्दो ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरू एकै छानामुनि पाउनेछन्। यहाँ LG, CG,CG Meridia, TCL, Godrej, Beko, Midea, Sensei, Kent, elica, Black+Decker, Crompton, Burly जस्ता प्रसिद्ध ब्राण्डका घरायसी उपकरणहरू उपलब्ध छन्। साथै, ग्याजेट प्रेमीहरूका लागि iPhone, Nothing, CMF, Motorola र AI+, का पछिल्ला उत्पादनहरू समेत प्रदर्शनमा राखिएका छन्।

ग्राहक केन्द्रित विशेष सेवा तथा सुविधाहरू
सी.जी. डिजिटलले बुटवलबासी ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै निम्न बमोजिमका प्रिमियम सेवाहरू उपलब्ध गराउने घोषणा गरेको छ:
• नि:शुल्क डेलिभरी र जडान (Free Delivery & Installation): खरिद गरिएका सामानहरू सुरक्षित रूपमा घरसम्म पुर्‍याउने र दक्ष प्राविधिकद्वारा नि:शुल्क जडान गरिदिने।
• शून्य प्रतिशत ब्याजमा EMI (Easy 0% EMI): ग्राहकले कुनै पनि अतिरिक्त ब्याज बिना सरल किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने तथा नागरिकताको आधारमै किस्ताबन्दीमा सामान लैजान सकिने व्यवस्था समेत उपलब्ध गराएको छ।
• एक्सचेन्ज सुविधा (Exchange Offer): पुराना इलेक्ट्रोनिक्स सामानसँग नयाँ सामान साट्न सकिने विशेष व्यवस्था।
• लोयल्टी प्रोग्राम (Loyalty): पुराना र नियमित ग्राहकहरूका लागि विशेष रिवार्ड र सहुलियत।
• नि:शुल्क प्रिभेन्टिभ मेन्टेनेन्स (Free Preventive Maintenance): सामानको आयु र कार्यक्षमता बढाउन समय–समयमा गरिने नि:शुल्क प्राविधिक जाँच।

उद्घाटन विशेष अफर
शोरुम उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष धमाकेदार अफरहरू सार्वजनिक गरिएको छ:
• २५% सम्मको नगद छुट: अधिकतम खुद्रा मूल्य (MRP) मा २५% प्रतिशतसम्मको भारी छुटको व्यवस्था।
• निश्चित उपहार (Sure Shot Free Gift): प्रत्येक ठुला सामान खरिदमा ग्राहकहरूले आकर्षक उपहारहरू प्राप्त गर्नेछन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको व्यवसायिक केन्द्रमा सी.जी. डिजिटलको उपस्थितिले उपभोक्तालाई गुणस्तरीय विकल्प प्रदान गर्ने र यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।

यो शोरुम आजैका मितिदेखि ग्राहकहरूका लागि खुल्ला रहनेछ। अत्याधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाको अनुभव लिन सम्पूर्ण बुटवलबासीलाई कम्पनीले हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS