IME Life New

वाणिज्य बैंकहरुले कर्मचारीको तलबभत्तामा खर्च गरे रु. २५ अर्ब बढी, कुनको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्म कर्मचारीको तलबभत्तामा २५ अर्ब रुपैयाँ बढी खर्च गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको मंसिरसम्म कुल २५ अर्ब ४ करोड १५ लाख रुपैयाँ खर्च गरेका हुन्। अघिल्लो वर्ष २०८१।८२ को यही अवधिसम्मको तुलनामा बैंकहरुको खर्च ६.८२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले कर्मचारीको तलबभत्तामा २३ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ खर्च गरेका थिए।

Esewa
Crest

समीक्षा अवधिसम्म सबैभन्दा बढी खर्च गर्नेमा राष्ट्रिय वाणिज्य बैंकहरु रहेको छ भने अघिल्लो वर्षको तुलनामा बढी खर्च गर्नेमा एनएमबि बैंक रहेको छ।

चालु आर्थिक वर्षको मंसिरसम्म राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको तलबभत्ता सर्वाधिक १ अर्ब ९७ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ८४ करोड १६ लाख रुपैया खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको यस्तो खर्च ७.४५ प्रतिशतले बढेको छ।

यसैगरी कर्मचारीको तलबभत्तामा दोस्रो धेरै खर्च गर्नेमा नबिल बैंक रहेको छ। मंसिरसम्म यो बैंकले कुल १ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ६० करोड २० लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको खर्च ९.१६ प्रतिशतले बढेको छ।

तेस्रो धेरै खर्च गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष मंसिरसम्म यो बैंकले कर्मचारीको तलबभत्तामा १ अर्ब ५४ करोड २९ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा ११.३२ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

कर्मचारीको तलबभत्तामा खर्च वृद्धि दरका हिसाबले एनएमबि बैंकको सर्वाधिक ४१.६३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो बैंकले ९२ करोड ३९ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ३० करोड ८४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सर्वाधिक कम खर्च स्ट्यान्टर्ट चार्टर्ड बैंक रहेको छ। यो बैंकले ४१ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिससम्म बैंकले ४५ करोड ७६ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको खर्च ९.२३ प्रतिशतले घटेको छ।

कर्मचारीको तलबभत्तामा कुन बैंक गरे कति खर्च ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS