IME Life New

आज सोनाम ल्होसार: बैंक, बीमा कम्पनी तथा शेयर बजार बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माघ शुक्ल प्रतिपदाको दिन आज तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । भूमि पूजा,कुल पूजा एवम् दान दक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । यसै अवसरमा आज सरकारले सार्वजनिक बिदा दिइएको छ । आज बैंक, बीमा कम्पनी, शेयर बजार तथा सरकारी कार्यालयहरु बन्द हुनेछन् ।

सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो । यो चाड बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो । यसको कुनै पात्रो छैन । औपचारिक रूपमा मनाइने नयाँ वर्ष ग्याल्पो लोसार हो । तामाङहरूले पनि सोनाम लोसार नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो ।

Esewa
Crest

ल्होसार मनाउने समुदायले यस्ता ल्होु अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तैस् मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS