IME Life New

अन्तिम दिनसम्म सोलु हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज अन्तिम दिन सोलु हाइड्रोपावर लिमिटेडको आइपीओमा ३.८६ गुणा बढी आवेदन परेको छ। अन्तिम दिनसम्ममा २५ लाख ७० हजार ४ सय २२ आवेदनबाट ३ करोड १७ लाख ८ हजार ३ सय ९० कित्ता बराबरको ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले गत पुस २९ गतेदेखि सर्वसाधारणका आइपीओ निष्काशन गरेको थियो । कम्पनीले २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

Esewa
Crest

त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई साधारण शेयर जारी गरेपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्याएर बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो।

कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ । आइपीओ बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकले १० कित्ता शेयर पाउने हुँदा ८ लाख २० हजार जनाले मात्रै शेयर पाउने छन् भने बाँकी १७ लाख ४० हजार ४ सय २२ जनाको हात खाली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS