काठमाडौं । नेप्से परिसूचक आइतबार २६७२.५५ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ३१.१२ अंकले बढेको छ।
८ अर्ब ४० करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब ५ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ५४ करोड १६ लाख रुपैयाँको खरिद भएको छ भने ५१ करोड ७७ लाख रुपैयाँको विक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४८ बाट ३१ करोड ७५ लाख रुपैयाँको खरिद र ३३ करोड ३२ लाख रुपैयाँको बिक्री छ। आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन्।













