IME Life New

वाणिज्य बैंकहरुबाट पर्यटन क्षेत्रमा सवा २ खर्ब कर्जा लगानी, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्म वाणिज्य बैंकहरुबाट पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा सवा २ खर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिरसम्म २० वटा वाणिज्य बैंकले २ खर्ब २५ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह भएको हो। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म यो क्षेत्रमा बैंकहरुले २ खर्ब १४ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा ५.०१ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १५ वटा बैंकको कर्जा लगानी बढेको छ भने ५ वटाको घटेको छ। पर्यटन सेवा क्षेत्रमा सर्वाधिक कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ भने वृद्धिदरका हिसाबले सिटिजन्स बैंक अगाडि रहेको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको मंसिरसम्म २२ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३.९३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २३ अर्ब ६५ करोड ३७ लाख रुपैयाँ यो शीर्षकमा कर्जा प्रवाह गरेको थियो।

दोस्रोमा प्रभु बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २२ अर्ब ४४ करोड ८१ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष २० अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको कर्जा ७.५६ प्रतिशतले बढेको छ।

पर्यटन क्षेत्रमा धेरै कर्जा प्रवाह गर्ने तेस्रो बैंकमा प्राइम कमर्सियल बैंक रहेको छ। अघिल्लो वर्ष १८ अर्ब ६० करोड ७० लाख रुपैयाँ यो क्षेत्रमा कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा १४.०८ प्रतिशतले बढेर २१ अर्ब २२ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

पर्यटन क्षेत्रमा सबैभन्दा कम कर्जा लगानी गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। यो बैंकले चालु आर्थिक वर्षको मंसिरसम्म ८० करोड ३९ लाख रुपैयाँ मात्रै लगानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३५.३१ प्रतिशतले कम हो।

यसैगरी एनआईसी एसिया बैंकको कर्जा लगानीमा सर्वाधिक संकुचन देखिएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा पर्यटन सेवा क्षेत्रमा एनआईसी एसिया बैंकको कर्जा लगानी ५४.५३ प्रतिशतले घटेर २ अर्ब ६२ करोड ८८ लाख रुपैयाँमा खुम्चिएको छ।

पर्यटन सेवा क्षेत्रमा कुन बैंकको कति लगानी ?

oppo_0

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS