IME Life New

कामना सेवा विकास बैकद्वारा आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय इट्टाभट्टा मार्फत मेचीनगर नगरपालिका ०८, झापा, सृजनाचोक स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई मेचीनगर नगरपालिका ०८, सृजनाचोक, झापाका वडा अध्यक्ष गिरीराज धमलाको उपस्थितीमा वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

बैंकको यस सहयोगबाट उक्त स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सबै वर्गका बिरामीहरु लाभान्वित हुने तर विशेषगरी गरिब तथा असाहय सेवाग्राहीहरुका लागि यो सुविधाले सहजता ल्याउने विश्वास स्वास्थ्य केन्द्रका प्रमुख पौडेलले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद पनि ज्ञापन गरे ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS