IME Life New

निर्माण क्षेत्रमा वाणिज्य बैंकहरुको साढे १२%ले बढ्यो कर्जा लगानी, कुनबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले निर्माण क्षेत्रमा कर्जा लगानी बढाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ५ महिना मंसिरसम्मको तथ्यांकअनुसार यस्तो देखिएको हो।

तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको मंसिरसम्म २ खर्ब १५ अर्ब २४ करोड रुपैयाँ निर्माण क्षेत्रमा कर्जा लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को मंसिरसम्म निर्माण क्षेत्रमा बैंकहरुबाट १ खर्ब ९१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण क्षेत्रमा बैंकहरुको कर्जा लगानी १२.५८ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण क्षेत्रमा १५ वटा बैंकको कर्जा लगानी बढेको छ भने ५ वटाको घटेको छ। चालु वर्षको मंसिरसम्म निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले सिटिजन्स अगाडि रहेको छ।

चालु वर्षको मंसिरसम्म नबिल बैंकले निर्माण क्षेत्रमा २५ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २४ अर्ब ७० करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह ३.६२ प्रतिशतले बढेको छ।

निर्माण क्षेत्रमा दोस्रो धेरै कर्जा प्रवाह गर्ने बैंकमा लक्ष्मी सनराइज बैंक रहेको छ। मंसिरसम्म यो बैंकले २३ अर्ब ६६ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १८ अर्ब ५५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा लगानी २७.५४ अर्बले बढेको छ।

तेस्रोमा एनआईसी एसिया बैंक रहेको छ। अघिल्लो वर्ष मंसिरसम्म बैंकले १८ अर्ब १४ करोड ६७ लाख रुपैयाँ निर्माण क्षेत्रमा कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिसम्म १२.६० प्रतिशतले बढेर २० अर्ब ४३ करोड ३० लाख रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षामा यो क्षेत्रमा कुमारी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक र नेपाल एसबीआई बैंकको कर्जा लगानी घटेको छ। बाँकी १५ वटाले कर्जा लगानी बढाए पनि वृद्धिदरका हिसाबले सिटिजन्स बैंकको सर्वाधिक ५०.६७ प्रतिशत देखिएको छ।

निर्माण क्षेत्रमा सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ।

निर्माण क्षेत्रका कुन बैंकबाट कति कर्जा प्रवाह ?

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS