IME Life New

विगत ११ वर्षमा २८५% प्रतिफल दिन सफल नेको इन्स्योरेन्स, सभ्य र नैतिक रुपमा बीमा व्यवसाय गर्नेमा अडिग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशको अग्रणी निर्जीवन जीवन बीमकमध्ये एक हो, नेको इन्स्योरेन्स। यो कम्पनीले देशको निर्जीवन बीमा बजारमा विगत ३० वर्षदेखि सेवा पुर्याउँदै आएको छ।

संस्थापकका रुपमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकजस्ता अग्रणी बैंकहरुको लगानीमा सञ्चालित कम्पनीमा विगत ११ वर्षअघि विनायक समूह तथा महतो समूहलगायत नागरिक लगानी कोषको प्रवेशले कम्पनीलाई अझ उचाइमा पुग्न सफल भएको छ। ‘नयाँ लगानीकर्ताको प्रवेशसँगै नयाँ व्यवस्थापनको प्रवेशपश्चात विगत ११ वर्षमा लगानीकर्तालाई बोनस शेयर तथा नगद लाभांशका माध्यमबाट गुणात्मक रुपमा २८५% प्रतिफल दिन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित भएका छौँ’, कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

कम्पनीले ग्राहकको सेवामा समर्पित हुँदै नयाँ–नयाँ बीमा योजना, ठाउँको ठाउँ दाबी भुक्तानीजस्ता सेवाहरु बीमितसमक्ष ल्याएको छ। ‘जसको फलस्वरुप देशको अग्रणी बीमा कम्पनीका रुपमा आपूmलाई स्थापित गर्न सक्षम भएका छौँ’, विज्ञप्तिमा उल्लेख छ।

जम्मा १३ वटा शाखा र ९२ जना कर्मचारी रहेको कम्पनीमा नयाँ व्यवस्थापनको आगमनपश्चात करिब ६०० कर्मचारी रोजगारी दिन र ११३ वटा शाखा कार्यालय देशभरि नै सञ्चालन गर्न कम्पनी सफल भएको छ। बीमा व्यवसायको प्रतिस्पर्धामा भन्दा नैतिक र बीमा मूल्य–मान्यताका आधारमा व्यवसाय गर्न कम्पनीले आफ्ना कर्मचारीलाई सदैव उत्प्रेरित गर्दै आएको छ।

बीमा बजारलाई सभ्य तथा नैतिक रुपमा बीमा व्यवसाय गर्दा पनि लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई अत्यधिक प्रतिफल दिन सकिन्छ भन्ने शिक्षा बीमा बजारलाई कम्पनीले प्रेषित गरिरहेको छ। विगतका वर्षहरुमा पुँजीमा, प्रतिफलमा, नयाँ सेवाहरुमा तथा दाबी भुक्तानीका विषयमा कम्पनीले आफूलाई उत्कृष्ट प्रमाणित गरेको छ।

कम्पनीले शेयरधनीलाई उचित प्रतिफल दिनुका साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एम्बुलेन्स, अस्पताल भवन, स्वास्थ्य सामग्रीलगायतमा योगदान गर्दै सामाजिक हितका विभिन्न क्रियाकलापमा सहभागी हुँदै आएको छ। त्यसैगरी राजश्व योगदानमा वृद्धि गर्दै ६०० भन्दा व्यक्तिलाई रोजगारी प्रदान गरी कम्पनीले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS