IME Life New

रिलायन्स फाइनान्सको सोह्रौं बार्षिक साधारण सभाले पारित गर्यो विभिन्न एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा अनुपम फुड ल्याण्ड एण्ड व्याङ्क्वेट प्रा.लि., बत्तीसपुतली, गौशाला, काठमाण्डौमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

उक्त साधारण सभामा संस्थाको तर्फबाट प्रस्तुत गरिएको आ.व.२०८१/०८२ को सोह्रौं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०८१/८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, बाह्य लेखापरिक्षकको नियुक्ती तथा विशेष प्रस्ताब तर्फ वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर), प्राप्ती गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताबलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

Esewa
Crest

विगत बर्षमा यस संस्थाको वित्तीय विवरण तथा व्यबसायमा उतार चढाब भएता पनि गत आर्थिक बर्षको तुलनामा यस चालु आ.ब.मा संस्थाको निक्षेपमा १.०३ प्रतिशतले बृद्धि भई रु.८६४ करोड पुगेको छ भने कर्जामा ८.७० प्रतिशतले बृद्धि भई रु.७०९ करोड पुगेको छ त्यस्तै संस्थाको मुनाफामा ६१ प्रतिशतले बृद्धी रु.६ करोड ८६ लाख पुगेको छ ।

उक्त साधारण सभामा संस्थाका शेयरधनी डा. बालकृष्ण चापागाई र शेयरधनी दिपक आचार्यले बार्षिक प्रतिवेदन उपर छलफल गरि साधारण सभा सफलताको कामना गरे । साथै विभिन्न शेयधनीहरुले लिखित सुझाब दिए ।

वार्षिक साधारण सभामा यस संस्थामा १० बर्ष भन्दा बढी संचालक भई योगदान पुर्याएका पूर्व संचालक विष्णुमान जोशीलाई सम्मान गरि कदर पत्र प्रदान गरिनु का साथै यस संस्थामा १० बर्ष भन्दा बढी सेवा गरि गरेका कर्माचारीहरु लाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS